Wed. May 6th, 2026

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने   

       

कञ्चनपुर, २०८१ माघ २४ गते बिहीबार । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

भवन बनाउन दूतावासले रु चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताउनुभयो ।

“दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ”, उहाँले भन्नुभयो, “उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।” विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उहाँले बताउनुभयो । रासस

Facebook Comments