Sat. Mar 8th, 2025 03:32:09

पाकिस्तानमा भएको आक्रमणमा १८ जना सैनिकको मृत्यु   

क्वेटा, पाकिस्तान, २०८१ माघ १९ गते शनिबार । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।  एएफपी

Facebook Comments