Fri. Apr 19th, 2024

डिजिटल व्यापारबाट चीनले वैदेशिक खुलापनलाई अघि बढाउने

काठमाडौं, २०७७ भदौं २१ गते आईतबार

५ तारिख सन् २०२० चिनियाँ अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला सार्वजनिक रूपमा खुलेको छ। सोही दिन चार शिखर गोष्ठीहरूमध्येको डिजिटल व्यापारको विकास प्रवृत्ति तथा सबैभन्दा नयाँ शीर्षक गोष्ठी आयोजित भएको छ। गोष्ठीमा विभिन्न देशका पाहुनाहरूले डिजिटल व्यापारबारे छलफल गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्री स्याउ याछिङले चीनको उपलब्धिबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, सन् २०१९ चिनियाँ डिजिटल व्यापारको निर्यात-आयात रकम २ खर्ब ३ अर्ब ६० करोड अमेरिकी डलर भएको छ। यो चिनियाँ सेवा व्यापारको जम्मा रकममा २६प्रतिशत हुनुका साथै सन् २०१८को तुलनामा ६.७प्रतिशतले वृद्धि भएको छ।

भविष्यमा डिजिटल व्यापार चिनियाँ वैदेशिक खुलापन ढाँचालाई अझ श्रेष्ठ पार्ने, गहिरो पार्ने र उच्चस्तरीय पार्ने महत्वपूर्ण शक्ति बन्ने चिनियाँ उप-वाणिज्य मन्त्री वाङ पिङनानले व्यक्त गर्नुभएको छ।

Facebook Comments