Fri. Apr 19th, 2024

गायक निश्चल नेपालको लिरिकल भिडियो “कन्फ्युज” सार्वजनिक

काठमाडौं, २०७७ भदौं १५ गते सोमबार

क्यानाडाको एडमन्टनमा बसोबास गर्नु हुने गायक तथा नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टनका कल्चरल प्रोग्राम डाइरेक्टर निश्चल नेपालको लिरिकल भिडियो “कन्फ्युज “ सार्वजनिक भएको छ।

म्याक्स इन्टरटेनमेन्ट अफिसियल युट्युब चेनलबाट सो भिडियो रिलिज भएको हो। गायक निश्चल नेपालको स्वर रहेको यो पप गीतमा म्याक्स नेपालको शब्द र संगित रहेको छ । सो गितलाई निरज थापाले एरेन्ज गर्नुभएको हो।

क्यानाडा यात्रा पश्चातको पहिलो सांगितिक कोशेलीको रुपमा निश्चलले यो पप गीत दर्शकमाझ ल्याउनु भएको हो। भ्वाईस अफ काठमाडौंसँग कुरा गर्दै उहॉले भन्नुभयो “आशा छ मेरो सांगितिक यात्रामा यहॉहरुले साथ, माया र हौसला प्रदान गर्नुहुनेछ।” क्यानाडाको एडमन्टनमा रेकर्ड गरिएको यो पप गीत धेरैले मन पराइदिनुहुनेछ भन्ने आशा राख्नु भएको छ गायक निश्चलले। गायक निश्चल नेपलिज क्यानेडियन सोसाइटी अफ एडमनटन बोर्डमा मत प्रणालीबाट निर्बाचित हुने पहिलो कल्चरल प्रोग्राम डाइरेक्टर पनि हुनुहुन्छ।

आफ्नो गीतको अफिसियल म्युजिक भिडियो पनि चाडै बनाउने योजना रहेको उहॉ बताउनुहुन्छ।

Facebook Comments