Thu. May 2nd, 2024

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं, २०७७ भदौं १५ गते सोमबार/एजेन्सी

भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको ८४ वर्षको निधन भएको छ । लामो समयदेखी अस्पतालमा उपचारत मुखर्जीको सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा हुनुहुन्थ्यो। भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बन्नु भएको थियो । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो।

भारतका राष्ट्रपति राम नाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले मुखर्जीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । राष्ट्रपति कोविन्दले मुखर्जीको निधनले एक युगको अन्त्य भएको बताउनु भएको छ ।

Facebook Comments