Thu. May 28th, 2026

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू   

       

काठमाण्डू, २०८१ माघ ५ गते शनिबार । ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो ।

यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाण्डू उपत्यका खानेपानी लिमिटेडद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।”  रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read