Sun. Jan 25th, 2026

समृद्ध, सभ्य, समाजवादी र सुन्दर आधुनिक नयाँ तिब्बत निर्माण गर्ने राष्ट्राध्यक्ष सीको भनाइ

       

काठमाडौं, २०७७ भदौं १३ गते शनिबार

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ तिब्बत कार्य बैठक अगस्ट २८ तारिखिदेखि २९ तारिखसम्म पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चीन फिङ सो बैठकमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार महासचिव सीले सम्बोधन गर्ने क्रममा तिब्बत कार्यको छैटौं बैठक यता पार्टी केन्द्रीय समितिको कडा नेतामा र देशभरका जनताको कडा समर्थनमा तिब्बतमा सबै जातीय समूहका कार्यकर्ता र जनसमुदाय एकजुट भएका छन् भन्दै कडा मेहनत गरेका छन् र लामो समयका समस्याहरू समाधान गरिसकेका औंल्याउनुभयो।

महासचिव सीले तिब्बतको कामले मातृभूमिको एकता कायम गर्न र राष्ट्रिय एकता सुदृढ पार्न जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

महासचिव सी चिन फिङले पार्टी केन्द्रीय समितिले तिब्बतमा काम गर्न सदैव ठूलो महत्त्व दिएको भन्दै सुधार र खुलापन भएदेखि नै यसले तिब्बतमा ६ वटा कार्य बैठक आयोजना गरिसकेको बताउनुभयो। उहाँले हरेक पटक बैठकले वास्तविक अवस्थाको आधारमा ठूला निर्णय र परिनियोजन गरेको स्पष्ट पार्नुभयो।

Facebook Comments