Thu. Jan 16th, 2025

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन   

गण्डकी, २०८१ माघ ३ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ ।

राससका अनुसार  प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले नवनिर्मित भवनको निरीक्षण पनि गर्नुभयो ।

Facebook Comments