Fri. Jan 10th, 2025

सिन्धुलीको जुनार समृद्धिको प्रतीक

सिन्धुली, २०८१ पुस २६ गते शुक्रबार । देशका विभिन्न भागमा यत्तिवेला सिन्धुलीमा उत्पादन भएका जुनारको विक्रि वितरण भैरहेको छ । हिँउद महिनामा जहिले पनि सिन्धुलीको जुनारको चर्चा हुनुले पनि यसको महत्व बढिरहेको स्पष्ट हुन्छ ।

Junar-Sindhuli-2-1736506918.jpg
बारी र बगैँचामात्रै होइन, यतिबेला सिन्धुलीका मुख्य चोक र बजारक्षेत्र पनि पाकेका जुनारले भरिभराउ छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याईनभ्याई छ । पाकेका जुनार बजारसम्म पुर्याउन पहिलाजस्तो समस्या छैन । कच्ची सडकमा दुःखले गुडेर भएपनि गाडी बगैँचासम्म पुग्ने गरेका छन् । तर, बजार र व्यापारीले दिने मुल्यसँग भने जुनार उत्पादन गर्ने किसान सन्तुष्ट छैनन् । जुनारको बजारीकरण, व्यवस्थापन तथा जुनारमा लाग्ने रोग र किरा नियन्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुली र स्थानीय सरकारले किसानलाई सघाईरहेको छ ।

Junar-Sindhuli-3-1736506960.jpg
जिल्लाको छुट्टै पहिचान बनाएको स्वादिष्ट जुनारले किसानलाई आत्मानिर्भर बनाउँदै लगेकोे छ भने व्यापारीलाई स्वरोजगारको अवसर प्राप्त भएको छ । जुनार जिल्लाको पहिचान मात्रै कहाँ हो र ? यो त देश समृद्धिको प्रतीक पनि हो ।  यहाँको सबैभन्दा बढी गोलञ्जोर गाउँपालिकामा यसको उत्पादन हुन्छ ।

Shankar-Baral-1736507108.jpg                      शंकरराज बराल, प्रमुख, गोलञ्जोर गाउँपालिका, सिन्धुली

राससका अनुसार  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीका प्रमुख यम कुमार श्रेष्ठका अनुसार सिन्धुलीमा १ हजार ३१८ हेक्टरमा जुनार, सुन्तलाको खेती भइरहेको छ । ७ सय ९४ हेक्टरमा लगाइएको बोटले उत्पादन दिइरहेका छन् ।

Facebook Comments