Wed. Apr 24th, 2024

छिंगहाइ-तिब्बत पठारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान स्थलको तेस्रो चरण विस्तार परियोजना आधिकारिक रूपमा सुरू

काठमाडौं, २०७७ भदौं ८ गते सोमबार

सिनिङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो चरणको विस्तार परियोजना कार्य शुभारम्भ समारोह अगष्ट २४ तारिख आयोजित भयो। सो परियोजनाबाट छिंगहाइ-तिब्बत पठारभूमिको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान स्थलको तेस्रो चरणको विस्तार आयोजनाको आधिकारिक सुरूवात भएको पुष्टि भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सिनिङ अन्तर्राष्ट्रिय विमानस्थल छिंगहाइ-तिब्बत पठारमा सबैभन्दा ठूलो नागरिक अन्तर्राष्ट्रिय विमान स्थल हो। यसले हाल टोकियो, क्वालालम्पुर, बैंकक, नहट्राङ र सिएम लगायत ५ वटा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्दछ।

थाहाभए अनुसार, सिनिङ विमान स्थलको तेस्रो चरणको विस्तार परियोजनाको कुल लगानी १० अर्ब ५१ करोड चिनियाँ युआन रहेको छ।

Facebook Comments