Sun. Apr 28th, 2024

राजदूत पाण्डेले बेइजिङ्गमा भेटे पाँच पूर्व चिनियाँ राजदूत

काठमाडौं, २०७७ भदौं ८ गते सोमबार

चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालमा काम गरेर फर्किएका चीनका पाँच जना पूर्वराजदूतहरुसँग बेइजिङमा छलफल गरेका छन् । शान लिथुनस्थित नेपाली राजदूताबास परिसरमा रहेको राजदूत निवासमा लन्च मिटिङका लागि आमन्त्रित पूर्वराजदूतहरुले केही दिनअगाडि “अनौपारिकरुप” मै अनुभवहरुको आदान-प्रदान गरेका थिए ।

भेटमा सहभागी बेइजिङस्थित नेपाली दूताबासका एक अधिकारीले पूर्वराजदूतहरुसँग नेपालको अनुभव कस्तो रह्यो भन्ने कुरामा छलफल भएकाे बताए । नेपालचीन सम्बन्धमा धेरै सम्भावना र आयामहरु रहेको उल्लेख गर्दै तिनलाई उजागर गरी फलिभूत बनाउन द्विपक्षीय सहकार्यमा जोड दिनुपर्ने विषयमा उनीहरूबीच छलफल भएको पनि ती अधिकारीले जानकारी दिए ।

भेटमा पूर्व राजदूत लि त प्याओ, चाङ्ग च्यु हुवान, उ छोङ्ग योङ्ग, सुन ह फिङ्ग र छ्यु को होङ्ग थिए । उनीहरु क्रमशः सन् १९८७ र २०११ बीचमा चीनको राजदूतको रुपमा नेपालमा कार्यरत थिए भनि नेपाल समाज अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments