Mon. May 13th, 2024

काठमाण्डौमा खाद्यवस्तुका पसल बिहान सवा ९ बजेसम्म खोल्न पाइने

काठमाडौं, २०७७ भदौं ७ गते आईतबार

काठमाण्डाै उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो ।

दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खाेल्न पाइनेछ ।

उपत्यकामा सङ्क्रमण बढेपछि गएकाे भदाै ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको छ । उज्यालो अनलाईनबाट

 

Facebook Comments