Wed. Jan 8th, 2025

चीनको सिगात्छेमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्यु, ६२ जना घाईते (भिडियो समेत)

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस २३ गते मंगलबार । चीनको तिब्बत स्वायत्त प्रदेशको डिङरिमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परि ५३ जनाको ज्यान गएको छ भने ६२ जना घाईते भएका छन् ।

सिन्ह्वा समाचार समितिका अनुसार चीनको तिब्बत स्वयत्त प्रदेशको मुख्य शहर सिगात्छेबाट झण्डै २३ किलोमिटर उत्तरमा रहेको डिङरी काउन्टीमा स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा ६ दशमलव ८ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपाल, भुटान, भारत लगायतका देशहरुमा समेत महसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारले ठूलो मात्रामा उद्धारकर्मीहरु खटाएको छ । उद्धारकर्मीहरुले भत्किएका घरबाट घाईतेहरुलाई निकाली रहेको बताईएको छ ।

नेपाल र चीनको सीमा क्षेत्रलाई विश्वमा धेरै भूकम्प जाने क्षेत्रमध्ये एक मानिन्छ ।

Facebook Comments