Wed. Jan 8th, 2025

काठमाण्डूसहित देशका विभिन्न भागमा भूकम्पको धक्का 

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस २३ गते मंगलबार । काठमाण्डूसहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान झण्डै ६ बजेर ५० मिनेटमा सो धक्का महसुश गरिएको हो ।

भूकम्प आए लगत्तै काठमाण्डू उपत्यकासहित देशका विभिन्न भागमा मानिसहरु अतालिएर सडकमा निस्किएका थिए । कतिपय उठी नसकेका हुनाले भूकम्पको धक्का महसुस गर्न सकेन्न ।

भूक्पको धक्का इलाम, पाँचथर, झापा, मोरंग, सुनसरी, सप्तरी, वीरगञ्ज, पोखरासम्म पनि महसुस गरिएको थियो । प्राप्त पछिल्लो समाचार अनुसार भूकम्पको धक्का भारतको विहार र उत्तर प्रदेशमा पनि महसुस गरिएको छ ।

भूक्पबाट के कति क्षती भयो भन्ने विवरण प्राप्त भैसककेको छैन ।

Facebook Comments