Tue. Mar 18th, 2025 05:20:11

मानवजातिको शान्ति र विकासलाई अगाडि बढाउन सहमति र शक्ति संकलन

काठमाण्डू, २०८१ पुस १८ गते बिहीबार । सन् २०२४ मा चीनका राट्राध्यक्ष सी चिनफिङले जवाफ चिट्ठी र बधाई पत्रमार्फत विभिन्न देशका जनतासँग मैत्रीपूर्ण आदानप्रदान गर्नुभयो। वर्षभरिमा ३० भन्दा बढी “पत्र कूटनीति”ले जनताबीच एकअर्कालाई चिन्ने पुल निर्माण गरेको छ, चीन र विश्व हातेमालो गर्दै विकास गर्ने सदिच्छा र न्यानोपन सन्देश दिएका छन्।

यसै वर्ष राष्ट्राध्यक्ष सीले “पत्र कूटनीति”मार्फत् “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय निर्माणमा सहभागी, प्रत्यक्षदर्शी, योगदानकर्ता र लाभग्राहीलाई प्रोत्साहित गर्नुभयो।

सन् २०२४ जनवरी १७ तारिखमा राष्ट्राध्यक्ष सीले पैचिङ यातायात विश्वविद्यालयमा अध्ययरत् केन्याली विद्यार्थी र पूर्वविद्यार्थीका प्रतिनिधिहरूलाई जवाफ दिंदै “भविष्यको दृष्टिकोणमा “ बेल्ट एण्ड रोड” को भव्य तस्वीर र चीन-केन्या चौतर्फी रणनीतिक सहयोग साझेदारीको भव्य ब्लुप्रिन्ट साकार गर्न अझ बढी होनहार युवाहरू आवश्यक भएको कुरा लेख्नुभएको छ।

राष्ट्राध्यक्ष सीलाई चिट्ठी लेख्नमा सहभागी विद्यार्थी कारिउले चीन र केन्याबीच “बेल्ट एण्ड रोड”को फ्ल्यागशिप परियोजना अर्थात् मोम्बासा–नैरोबी रेलवेमा काम गरेका थिए। उनले यस आधुनिक रेलमार्गबाट आफ्नो जन्मथलोमा ल्याइएको विकास र समृद्धिको प्रत्यक्ष अनुभव गरेका थिए। “चीन-अफ्रिका बीच व्यावहारिक सहयोग तिव्र पारिनुका साथै केन्यामा अझ बढी परियोजना लागू हुने विश्वास गर्छु। मेरो व्यावसायिक कौशलले केन्या र चीनको साझा विकासमा योगदान दिने निश्चित गर्छु।

यसै वर्ष राष्ट्राध्यक्ष सीले”पत्र कूटनीति”मार्फत् आधुनिकीकरणको निर्माण गर्ने “सहयात्रीहरू”लाई ग्लोबल साउथको साझा विकासलाई बढाउन प्रोत्साहन गर्नुभयो ।

“विश्वको शताब्दी परिवर्तनमा आधुनिकीकरणको सपनालाई पछ्याउँदै अझ न्यायपूर्ण र उचित दिशामा अन्तर्राष्ट्रिय व्यवस्थालाई विकासलाई बढाउनु यो ग्लोबल साउथका देशहरूको पवित्र ऐतिहासिक मिशन हो र ग्लोबल साउथका मिडिया तथा थिंक ट्यांकका सामु देखाएको साझा विषय पनि हो।” नोभेम्बर ११ तारिखमा राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको साओ पाउलोमा आयोजित ‘ग्लोबल साउथ’ मिडिया तथा थिंक ट्यांक मञ्चलाई पठाउनुभएको बधाई पत्रमा यसरी व्यक्त गर्नुभएको छ।

गत नोभेम्बरमा ब्राजिलको भ्रमणअघि राष्ट्राध्यक्ष सीले ब्राजिलका सबै क्षेत्रका साथीहरूलाई चिट्ठी जवाफ दिँदै चीन-ब्राजिल मित्रताका लागि निरन्तर योगदान दिन प्रोत्साहित गर्नुभयो। ब्राजिलको साओ पाउलो राज्यको क्याम्पिनास शहरका पूर्व उपमेयर एनरिक टेक्सेइरा ती मैत्रीपूर्ण व्यक्तिहरूमध्येको एक हुन्। उनको विचारमा ग्लोबल साउथका महत्वपूर्ण सदस्यका रूपमा कृषिविज्ञान तथा प्रविधिपूर्वाधारलगायत क्षेत्रमा ब्राजिल र चीनको सहयोगले दुई देशका जनतालाई फाइदा पुर्याउने मात्र नभई विश्वव्यापी दक्षिणका देशको विकासका लागि उपयोगी अनुभव प्रदान गर्नेछ र दक्षिणदक्षिण सहयोगलाई गहन पार्नेछ।

यसै वर्ष राष्ट्राध्यक्ष सी चिनफिङको न्यानो प्रोत्साहनले मित्रता र आशाको बीउ युवा पुस्ताको हृदयमा राखेको छ ।

युवाहरू सबैभन्दा ऊर्जावान र सपनाहरूले भरिएका हुन्छन्। चीन-अमेरिकको सम्बन्धको भविष्य उनीहरूमा निहित छ।” गत जुन २४ तारिखमा राष्ट्राध्यक्ष सीले सन् २०२४ को गुलिङ्गयुआन शिर्षक चीन-अमेरिका युवा आदानप्रदान सप्ताहमा बधाई पत्र पठाएर दुई देशका युवालाई आदानप्रदानलाई गहन पार्नमित्रता बढाउनएकअर्कालाई चिन्न र हातेमालो गर्न‘ प्रोत्साहित गर्नुभयो।

अमेरिकी गुलिङ साथीहरू” संस्थाका संयोजक मु यान्लिङले न्युयोर्कस्थित अल्फ्रेड विश्ववियालयमा अमेरिका र चीनका जनताबीचको मित्रताको उत्तराधिकारी गर्ने गुलिङसम्बन्धी कथा विद्यार्थीहरूलाई सुनाएका थिए। धेरै विद्यार्थी निकै प्रभावित भएर राष्ट्राध्यक्ष सीबाट प्रस्तुत आदानप्रदान र अध्ययनका लागि ५० हजार अमेरिकी युवालाई चीनमा निमन्त्रणा गर्ने पञ्चवर्षीय योजनामा सहभागी हुने आशा व्यक्त गरेका छन्।

चिट्ठी न्यानो हुनुका साथै भावना गहिरो छ। सन् २०२४ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पत्र कूटनीतिको माध्यमबाट मित्रता बनाएर देश तथा देशको सम्बन्धको स्वस्थ विकासका लागि जनमतको सुदृढ जग तयार गर्नुभएको र मानवजातिको शान्ति र विकासलाई अगाडि बढाउन सहमति र शक्ति संकलन गर्नुभएको छ। सीजीटिएन

 

Facebook Comments