Sun. Jan 5th, 2025

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली   

काठमाण्डू, २०८१ पुस १८ गते बिहीबार । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

राससका अनुसार   पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा. राणाले आज दिउँसो काठमाण्डूको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको हो ।

परराष्ट्र सेवामा रहनुभएकी शाह वि.सं. २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।

Facebook Comments