Fri. Jan 3rd, 2025

प्रतिनिधिसभा सचिवमा राई नियुक्त

काठमाण्डू, २०८१ पुस १६ गते मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्नुभएको छ ।

राससका अनुसार   नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments