Mon. Dec 23rd, 2024

पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं, २०७७ साउन ३० गते शुक्रबार

पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

इस्लामिक गणतन्त्र पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पाकिस्तानी जनताको शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिनु भएको हो ।

ओलीले स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री खानको सरकार र इस्लामिक गणतन्त्र पाकिस्तानका जनतालाई बधाई समेत दिनु भएको छ ।

Facebook Comments