Sat. Dec 28th, 2024

माओ दिवसमा नेता प्रभाकर र विप्लवको सम्बोधन

- माओ चतोङको १३२ औं जन्म दिवस

रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस ११ गते बिहीबार । विश्व सर्वहारा वर्गका महान नेता तथा चिनियाँ क्रान्तिका महानायक अध्यक्ष माओ चतोङको १३२ औं जन्म दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ ।

जनार्दन शर्मा प्रभाकर, उपमहासचिव,नेकपा (माओवादी केन्द्र)

सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गरेको अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवको सहभागिता रहेको थियो । पार्टीभित्र उग्र अन्तरविरोध देखिएपछि नेकपा माओवादी केन्द्र छाडेर हिड्नु भएका विप्लव र प्रभाकरलाई एउटै मञ्चमा भेट्न पाउँदा कार्यकर्ताहरुले खुशी व्यक्त गरेका थिए ।

सो अन्तरक्रिमा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या, कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उहाँको भनाई छ । प्रभाकरले अहिले पनि कम्युनिष्टहरु फुट रगुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उपमहासचिव प्रभाकरले पार्टी पुनरगठनमार्फत दलाल पुँजीपति वर्गले वर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि विभिन्न खेमामा रहेर बसेका कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गर्नुभयो ।

उपमहासचिव प्रभाकरले पार्टी पुनरगठनमार्फत दलाल पुँजीपति वर्गले वर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि विभिन्न खेमामा रहेर बसेका कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

उपमहासचिव प्रभाकरले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको गुनासो पनि गर्नुभयो । उहाँले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताउनु भयो । उहाँले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताउनु भयो ।

नेत्रविक्रम चन्द विप्लव, महासचिव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्ने क्रम नरोकिने बताउनुभएको छ । उहाँले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको तर्क गर्नुभयो । माओवादी फुटेर १९ वटा भइसकेको उहाँको भनाइ छ । उहाँले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताउनु भयो । उहाँले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी पनि गर्नुभयो ।

उहाँले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको तर्क गर्नुभयो । माओवादी फुटेर १९ वटा भइसकेको उहाँको भनाइ छ । उहाँले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताउनु भयो ।

जनयुद्धका डायरी नेता विप्लवलाई हस्तान्तरण गर्नुहुँदै प्रगतिशिल लेखक मनॠषि धिताल

सो अवसरमा प्रगतिशिल लेखक मनॠषि धितालद्वारा लिखित जनयुद्धका डायरी माथि प्रगतिशिल लेखक तथा पत्रकार खेम थपलीयाले गर्नुभएको समालोचना पनि सार्वजनिक गरिएको थियो ।

जनयुद्धका डायरी नेता प्रभाकरलाई हस्तान्तरण गर्नुहुँदै प्रगतिशिल लेखक मनॠषि धिताल

 

Facebook Comments