Wed. Apr 24th, 2024

विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुने

काठमाडौं, २०७७ साउन २९ गते बिहीबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुुभएको छ । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उहाँले जोड दिनुुभएको छ ।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिनुुभएको हो । कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उहाँले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

कोरोनाको महामारीका कारण वैशाखमा सुरु हुनुुपर्ने शैक्षिक सत्र अहिलेसम्म प्रारम्भ हुन सकेको छैन । सरकारले असार १ गतेदेखि भने वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठनलाई भने निरन्तरता दिएको छ ।  गोरखापत्र अनलाईनबाट

Facebook Comments