Thu. Dec 19th, 2024

सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन   

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहीबार लमजुङको क्व्होलासोथर गाउँपालिकाको प्रशासकीय भवन कार्यक्रम उद्घाटन गर्दै । तस्बिर जनक श्रेष्ठ/रासस

लमजुङ, २०८१ पुस ४ गते बिहीबार । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं. २ मालिङमा निर्मित भवनको उहाँले आज उद्घाटन गर्नुभएको हो ।

राससका अनुसार   गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।

Facebook Comments