Sat. Apr 20th, 2024

भदौ १५ सम्म शैक्षिक संस्था र भर्ना अभियान बन्द गर्ने निर्णय

काठमाडौं, २०७७ साउन २६ गते सोमबार

सरकारले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

कान्तिपुर अनलाईनका अनुसार सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

Facebook Comments