Wed. Dec 10th, 2025

डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णय पुनः विचार हुने टेड्रोसको अपेक्षा

       

काठमाडौं, २०७७ साउन २४ गते शनिबार

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ)का महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्ने बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको विचार व्यक्त गर्नुभएको छ।

उहाँले यदि अमेरिकाले डब्लु.एच.ओसँग कुनै समस्या देखेको भए जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलगिनै पर्ने कुनै आवश्यकता नरहेको उल्लेख गर्नुभयो।

उहाँले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताउनुभयो।

Facebook Comments