Sun. Mar 16th, 2025 02:13:45

भारतमा विमान दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं, २०७७ साउन २४ गते शनिबार

भारतको एयर इन्डिया एक्सप्रेसको १९१ जना यात्रु बोकेको बिमान ७ तारिख रात दक्षिणी भारतको केरला प्रदेशको कोजिकोड विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ जसबाट कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै १२३ जना घाइते भएका छन्।

एयर इन्डिया मातहत एयर इन्डिया एक्स्प्रेस स्वामित्वको उक्त बोइङ ७३७ विमान ७ तारिख दुबईबाट भारतीय प्रवासी नागरिकलाई भारत लिएर आउँदै थियो। विमानमा १८४ जना यात्रु र ७ जना कर्मचारी थिए भने १० जना बच्चा थिए।

दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेताले दुःख व्यक्त गर्नुका साथै मृतकका परिवारजनप्रति संवेदना प्रकट गरेका छन्। साथै उनीहरूले सकेसम्म उद्धार तीव्र पार्न सम्बन्धित विभागलाई आग्रह गरेका छन्।

दुर्घटनाको वास्तविक कारण हालसम्म खुलेको छैन। प्राप्त समाचार अनुसार, विमान अवतरण हुँदा ठूलो वर्षा भएको थियो। खराब मौसम नै दुर्घटनाको प्रमुख कारण हुनसक्ने संभावना छ। अवतरणका क्रममा गियर बिग्रिएको पनि देखिएको छ।

Facebook Comments