Sat. Apr 27th, 2024

चीनमा पर्ने विदेशी व्यवसायको विकासलाई अरू बढाइने चीनको परराष्ट्र मन्त्रालयको भनाइ

काठमाडौं, २०७७ साउन २१ गते बुधबार

४ तारिख चीनको युरोपेली संघीय वाणिज्य संघका अध्यक्ष जोर्क उट्टकले चीनस्थित युरोपेली संघका व्यवसायहरूमाथि महामारीबाट प्रभावित भए पनि चीनले तत्काल चालेका विभिन्न कदम निकै प्रभावकारी देखिएको र चीनमा अरू विकास गर्न युरोपेली संघ व्यवसायको पूर्ण विश्वास रहेको बताउनुभएको छ। साथै उहाँले चीन विकासमा संलग्न हुने आशा पनि लिएको व्यक्त गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार गत जुनमा चीनको युरोपेली संघीय वाणिज्य संघले निकालेको जाँच प्रतिवेदनका अनुसार, युरोपेली संघका ६० प्रतिशतभन्दा बढी व्यवसायले चीन तीन वटा प्रमुख लगानी गन्तव्यमध्येको एकमा अझै रहेको ठहर गरेका थिए।

५ तारिख पैचिङमा आयोजित चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले चीनले विश्व अर्थव्यवस्थाको निर्माण गर्न सक्रिय रूपमा खुलापनलाई बढाइरहेको भन्दै चीनले युरोप लगायत विभिन्न देशका व्यवसायलाई बजारीकरण, कानुन, अन्तर्राष्ट्रिय व्यापारिक वातावरण प्रदान गर्न प्रयास गरिरहने दोहोर्याउनुभयो। चीनमा पर्ने विदेशी व्यवसायको विकासलाई अरू मौका र फाइदा प्रदान गर्ने पनि वाङले औँल्याउनुभयो।

Facebook Comments