सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजन र रमितेहरुको घुइँचो (फोटो फिचर)
महेन्द्रनगर (धनुषा), २०८१ मंसिर २१ गते शुक्रबार । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् । फोटो फिचर…..
विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीराम र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइन्छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस