Wed. Apr 24th, 2024

नेपाल-चीन सम्बन्धलाई अग्रगति दिन इच्छुक छौँ : चिनियाँ राष्ट्रपति

काठमाडौं, २०७७ साउन १७ गते शनिबार

चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल-चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्त्व दिएको बताउनुभएको छ ।

उहाँले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै यस्ताे बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गोरखापत्र अनलाईनका अनुसार शनिबार जारी सन्देशमा उहाँले आफू दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताउनुभएको छ । साथै उहाँले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ ।

Facebook Comments