प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वाभाविक र समयानुकुल छ : हिरण्यलाल श्रेष्ठ
रमेश हतुवाली/काठमाण्डू, २०८१ मंसिर १५ गते सोमबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नु भएको उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण स्वाभाविक र समयानुकुल भएको प्रतिक्रिया दिनुभएको छ ।
आज भ्वाईस अफ काठमाण्डूसंग कुराकानी गर्नुहुँदै कुटनीतिज्ञ श्रेष्ठले सार्वभौम सत्ता सम्पन्न नेपालका प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित र परिस्थिती विचार गरेर जुनसुकै देशको भ्रमण गर्न सक्ने बताउनुभयो । नेपालका कुनै पनि प्रधानमन्त्रीले पहिले भारतको भ्रमण गरेपछि मात्रै अरु देशको भ्रमण गर्ने भन्ने कुरो नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनमा समेत नभएको भन्दै कुटनीतिज्ञ श्रेष्ठले जुन देशबाट भ्रमणको निम्तो आउँछ त्यही देशमा प्रधानमन्त्रीले भ्रमण गर्न सक्ने बताउनुभयो ।
कुटनीतिज्ञ श्रेष्ठले सार्वभौम सत्ता सम्पन्न नेपालका प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित र परिस्थिती विचार गरेर जुनसुकै देशको भ्रमण गर्न सक्ने बताउनुभयो । नेपालका कुनै पनि प्रधानमन्त्रीले पहिले भारतको भ्रमण गरेपछि मात्रै अरु देशको भ्रमण गर्ने भन्ने कुरो नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनमा समेत नभएको भन्दै कुटनीतिज्ञ श्रेष्ठले जुन देशबाट भ्रमणको निम्तो आउँछ त्यही देशमा प्रधानमन्त्रीले भ्रमण गर्न सक्ने बताउनुभयो ।
नेपाल सरकारले पटक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गर्न दिएको निम्तोको लामो समय सम्म पनि जवाफ नआएको जानकारी दिनुहुँदै कुटनीतिज्ञ श्रेष्ठले चीनले भ्रमणको निम्तो दिएको अवस्थामा भारतको निम्तो पर्र्खेर बस्नु उचित नभएकोले पनि प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको बताउनुभयो ।
कुटनीतिज्ञ श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा नेपालले चुच्चे नक्सा प्रकासित गरेकोले पनि भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिन उपयुक्त नठानेको हुन सक्ने बताउनुभयो । कुन देशमा पहिले जाने भन्ने विषयमा अल्झिनु भन्दा नेपालको हितलाई प्रार्थमिकतामा राख्नुपर्ने कुटनीतिज्ञ श्रेष्ठको सुझाव छ ।