Sun. Jan 12th, 2025

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल प्रहरीको नियन्त्रणमा

भिओके समाचार/काठमाण्डू, २०८१ मंसिर ६ गते बिहीबार । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष नेपाललाई सामान्य सोधपुछका लागि भन्दै प्रहरीले काठमाण्डूको शान्तिनगरबाट नियन्त्रणमा लिइएको अध्यक्ष नेपालले म्यासेन्जरमार्फत भ्वाईस अफ काठमाण्डूलाई जानकारी दिनुभएको छ । आज दिउसो १२ बजे प्रहरी नियन्त्रणमा रहनु भएका उहाँलाई जिल्ला प्रहरी कार्यालय काठमाण्डूको भद्रकालीस्थित नयाँ भवनमा राखिएको छ ।

अध्यक्ष नेपालले हिजो बुधबार नेपाल भ्रमणमा आउनुभएका भारतीय स्थल सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोमा आपत्ति जनाउनु भएको थियो । सोहि विषयलाई लिएर उहाँलाई नियन्त्रणमा लिइएको आशंका गरिएको छ ।

ग्रेटर नेपालको अभियान चलाइरहनु भएका अध्यक्ष नेपालले विगतमा पनि कालो झण्डा देखाउने साथै विरोध प्रदर्शन गर्ने गर्नुभएको हुनाले यस पटक पनि त्यस्ता गतिविधी हुने आशंकामा प्रहरीले निगरानीमा राखेको अनुमान गरिएको छ ।

Facebook Comments