Wed. Dec 10th, 2025

पश्चिमी सञ्चारमाध्यमद्वारा पोम्पेओको आलोचना

       

काठमाडौं, २०७७ साउन १३ गते मंगलबार

गत साता अमेरिकी विदेशी मन्त्री माइक पोम्पेओले सार्वजनिक रूपमा चीन विरूद्ध भाषण दिँदै अमेरिकाले चीनसँग वार्ता विफल भएको दावी गरेर “नयाँ शित युद्ध”को विचार व्यक्त गर्नुभयो। यस्तो विचार व्यक्त गरेर उहाँले चीन-अमेरिका सम्बन्धलाई डामाडोल परिस्थितिमा पुर्‍याउने अवस्था देखा परेको छ। पश्चिमी सञ्चारमाध्यम तथा विशेषज्ञ विद्वानहरूले उहाँको भनाइको व्यापक आलोचना गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार जुलाई २५ तारिख द न्युयोर्क टाम्सले एउटा लेख प्रकाशित गर्दै ट्रम्प सरकारका अधिकारीले कडा कार्वाहीमार्फत दीर्घकालीन रुपमा चीनको प्रतिरोध र प्रतिस्पर्धा गर्ने वातावरण बनाएको लेखमा उल्लेख गर्दै पोम्पेओले अमेरिकाले केही शताब्दीमा निर्माण गरेको इज्जतलाई धुलिसात बनाएको प्रत्यक्ष रूपमा औंल्याइएको छ।

जलाई २६ तारिख द लसएन्जलस टाइम्सले एक लेख प्रकाशित गर्दै पोम्पेओको भाषणले अमेरिका-चीन सम्बन्धलाई ठूलो परिवर्तन गर्ने उल्लेख गरिएको छ। अमेरिका र चीनले केही दशकयता मतभेदलाई खुम्च्याएर विश्व अर्थतन्त्रलाई स्थिर पारेको, वायुको परिवर्तनको सामना गरेको र महामारीको प्रतिरोध गरेको आदि मुख्य विषयमा सहयोग गर्दै आएको तर अहिले यस्तो परिस्थिति समाप्त हुन सक्ने सो लेखमा उल्लेख गरिएको छ। धेरै वर्षयता चीन अमेरिका सम्बन्धमा अध्ययन गरेका विशेषज्ञ र विद्वानहरूले ट्रम्प सरकारले जानीबुझी रूपमा एउटा “नयाँ शित युद्ध”लाई उत्तेजित गर्ने व्यवहार निकै खतारनाक रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

Facebook Comments