Mon. Feb 16th, 2026

४५०० मिटरको उचाइको तिब्बती भूमिमा सय किलोको फर्सी

       

काठमाडौं, २०७७ साउन १२ गते सोमबार

६१ वर्षीय याङ्ग माउ लु तिब्बत आली क्षेत्रको कार जिल्लाको पर्यावर्णीय कृषि व्यवसाय पार्कमा काम गर्नुहुन्छ। उहाँले तिब्बतमा ११ वर्ष तरकारी खेती गर्नुभयो। पहिले उहाँको घर पल्लो शानसीमा उहाँले एउटा ५५ किलोग्रास वजनको फर्सी फलाउनु भएको थियो। तिब्बत आएर यहाँ समुद्र सतह बाट ४५०० मिटर उचाइमा रहेको आली क्षेत्रमा गत वर्ष उहाँले एउटा लगभग ७५ किलोग्रासको फर्सी फलाउनुका साथै यस वर्ष उहाँले कम्तिमा १०० किलोग्रामको हुने अनुमान रहेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार कार जिल्ला तिब्बत २१ वटा सीमावर्ती जिल्लामध्येको एक हो। औसत उचाइ ४५०० मिटरमा जनसंख्या ४२ हजार रहेको साथै तिब्बती, हान लगायतका २७ जातिका मानिस यहाँ बसोबास गरेका छन्।

उचाइ भएकोले त्यहाँ थोरै किसिमका तरकारी पाइन्छ। यस समस्याको समाधान गर्नुका साथै रोजगारीलाई अघि बढाउन र गरिबी घटाउन स्थानीय सरकारले सन् २०११ देखि लगानी गरेर कार जिल्ला पर्यावरणीय कृषि व्यवसाय पार्कको निर्माण गरेको थियो। अहिलेसम्म उक्त पार्कमा ६ करोड चिनियाँ युआनभन्दा बढी लगानी भइसकेको छ।

अहिले पार्कमा ३० भन्दा बढी किसिमका तरकारी, फलफूल रोपिएको छ। यी उत्पादनले स्थानीय नागरिकको तरकारी आपूर्तिलाई प्रशस्त बनाएको छ।

यसका साथै पर्यावरणीय पार्कले स्थानीय गरिव किसानलाई खेती प्रविधि तालिम प्रदान गरेर पार्कमा पनि रोजगारी प्रदान गर्दै आएको छ। अहिलेसम्म स्थानीय किसान र पशुपालकले पार्कबाट २२ लाख चिनियाँ युआनको आम्दानी गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read