Mon. Dec 23rd, 2024

सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार   

पैचिङ, २०८१ कात्तिक ३० गते शुक्रबार । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

बेइजिङको स्थानीय समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।

पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् ।

सिन्ह्वाका अनुसार चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन् ।

उदाहरणका लागि, युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनिय कार्य गरेको जनाइएको छ । यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन् ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, राष्ट्रसङ्घीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गर्यो जसले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ ।

Facebook Comments