Tue. May 26th, 2026

हस्टनको लागि चिनियाँ वाणिज्य दूतावास बन्द हुनुको वास्तविकता

       

काठमाडौं, २०७७ साउन १० गते शनिबार

जुलाई २४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयले चीनको लागि अमेरिकी रादूतावासलाई सूचना दिँदै छङतुको लागि अमेरिकी वाणिज्यदूतावासको स्थापना तथा संचालन योग्यतालाई रद्द गर्ने निर्णय गरेको बताएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  उक्त कदम जुलाई २१ तारिख अमेरिकाले हस्टनको लागि चिनियाँ वाणिज्यदूतावास बन्द गर्ने आकस्मिक निर्णयको जवाफी कदम हो भन्ने पनि उल्लेख गरिएको छ। अमेरिकी सरकारको सो कार्वाहीबाट बहुपक्षीय ध्यान तानिएको छ र त्यसको राजनैतिक उद्देश्यमाथि विदेशी संचारमाध्यम तथा विद्वानहरूले शंका गरेका छन्।

बहुसंख्यक विदेशी संचारमाध्यमले अमेरिकाले यसो गर्नुको उद्देश्य आम-निर्वाचन नै हो भन्ने जनाएका छन्।

हस्टनको लागि चिनियाँ वाणिज्यदूतावास बन्द गर्ने अमेरिकी निर्णयबाट सर्वसाधारण माझ अमेरिकी सरकारको राजनैतिक उद्देश्यमाथि शंका लागेको अमेरिकी सी.एन.एन.ले जुलाई २३ तारिख जनाएको छ। ह्वाइट हाउसका पदाधिकारीले अनौपचारिक रूपमा भनेका छन् कि चीनमाथि कडा नीतिका कारण ट्रम्पको नराम्रो समर्थन दरलाई उठाउनु हो साथै ह्वाइट हाउसले महामारीको सामनामा देखिएको विफलता पन्छाउन खोज्नु हो भन्ने ठहर पनि सी.एन.एन.ले गरेको छ। अमेरिकी सरकारले हस्टनको लागि चिनियाँ वाणिज्यदूतावास छान्नुको कारण अमेरिकाको कडा अडान भएको अवस्था देखाउनु साथै ठूलो संघर्षको प्रतिकार गरेको देखाउन खोज्नु हो।

अमेरिकी आम-निर्वाचन नजिकिँदै गर्दा अमेरिकी अर्थतन्त्र महामारीबाट गम्भीर प्रभावित भएको पृष्ठभूमिमा ट्रम्पले चिनियाँ कार्ड खेल्ने कार्वाहीको राजनैतिक चालबाजी देखिएको बेलायतको बी.बी.सी.ले व्यक्त गरेको छ।

अमेरिकी ए.पी.ले अमेरिकाको सो कार्वाहीबाट विश्वका सबैभन्दा ठूला आर्थिक एकाइ बीचको तनावपूर्ण सम्बन्धलाई चर्काउनु भएको टिप्पणी गरेको छ।

हस्टनको लागि चिनियाँ वाणिज्यदूतावास सन् १९७९मा स्थापित गरिएको थियो र अमेरिकामा चीनले स्थापना गरेको पहिलो वाणिज्यदूतावास थियो। हालसम्म चीनले अमेरिकामा १ राजदूतावास तथा ५ वटा वाणिज्यदूतावास खोलेको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read