Mon. Mar 9th, 2026

चीनको परराष्ट्र मन्त्रालयद्वारा छन्दूका लागि अमेरिकी वाणिज्य दूतावास बन्द गर्ने चेतावनी

       

काठमाडौं, २०७७ साउन ९ गते शुक्रबार

जुलाई २४ तारिख शुक्रबारको बिहान चीनको परराष्ट्र मन्त्रालयले चीनका लागि अमेरिकी दूतावासलाई सूचित गर्दै चीनको सछुवान प्रान्तस्थित छन्दूका लागि अमेरिकी वाणिज्य दूतावासको स्थापना र सञ्चालन अनुमति खारेज गर्ने भएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार जुलाई २१ मा अमेरिकाले एकतर्फी रूपमा घटनालाई उक्साएर अचानक ह्युस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्ने बताएको थियो। यो अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र चीन(अमेरिका कन्सुलर सन्धिको गम्भीर उल्लंघन हो, र यसले चीन-अमेरिका सम्बन्धलाई गम्भीर रूपमा कमजोर पार्छ।

माथि उल्लिखित चिनियाँ कदमहरू अमेरिकाको अव्यावहारिक कार्यहरूको लागि वैध र आवश्यक प्रतिक्रिया हो, चीनको कदमहरू अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड अनुरूप छन् र कूटनीतिक अभ्यास अनुरूप छन।

वर्तमान चीन र अमेरिका बीचको अवस्था जुन चीनले हेर्न चाहँदैन। यसको जिम्मेवारी पूर्ण रूपमा अमेरिकाले लिनुपर्छ।

Facebook Comments

सम्बन्धित समाचार