Tue. May 26th, 2026

नयाँ संसारको वास्तविकतामा जोड दिनु नै चीन-अमेरिका सम्बन्धको सही छनौट:अमेरिकाका लागि चिनियाँ राजदूत

       

काठमाडौं, २०७७ साउन ७ गते बुधबार

हाल केही महिनादेखि अमेरिकामा “डबल स्टाण्डर्ड अर्थात् दोहोरो मापदण्डको”को अवस्था देखिन्छ। एकातिर नयाँ कोरोना भाइरसबाट नयाँ संक्रमित केसको संख्या र कूल संख्या सधैं नै उच्च स्थानमा बसेको छ। अर्कातिर अमेरिकाले चीनलाई हिलो छ्याप्ने र बदनाम गर्ने प्रवृत्ति उच्च बन्दै गएको छ। किन चीन र अमेरिकाबीचको सम्बन्धका सामु आपसी दौत्य सम्बन्ध स्थापना भएयता सबैभन्दा गम्भीर चुनौती देखापरेको छ त?यसप्रति अमेरिकाका लागि चिनियाँ राजदूत छ्वी थ्यान खाइले हाल चाइना मिडिया ग्रुपसँग अन्तर्वार्ता दिँदै नयाँ संसारको वास्तविकतालाई जोड दिनु नै चीन र अमेरिकाबीच सम्बन्धको समाधान गर्ने एउटै मात्र छनौट हो भन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चीन र अमेरिकाबीचको वर्तमान सम्बन्धको विकास पूर्ण बन्द भएको छैन। ध्यान दिनुपर्ने छ भने यो सम्बन्ध गलत दिशातर्फ विकसित हुने सम्भावना छ। सबैभन्दा ठूलो प्रयासले यस सम्भावनालाई प्रतिरोध गर्नुपर्छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार ह्वा वै कम्पनी सम्बन्धी समस्यामा राजदूत छ्वीका अनुसार चीनको एक निजी उद्यमको रुपमा ह्वावै कम्पनीले सम्पूर्ण रुपमा अन्तर्राष्ट्रिय बजारमूलक नीतिलाई पालना गर्दै आएको छ। तापनि अमेरिकाले बजारमूलक कानून मात्र नभई आफैद्वारा धेरै वर्षयता अन्तर्राष्ट्रिय समाजमा प्रचार गरिँदै आएको स्वतन्त्र बजार,न्यायिक प्रतिस्पर्धा,उद्यमशीलता भन्ने अडान नै उल्लङ्घन गरेको छ।

राजदूत छ्वीका अनुसार हाल चीन र अमेरिकाले आपसी सहयोगलाई अझ सुद्दढ पार्दै आपसी मदभेदलाई नियन्त्रण गर्न आवश्यक छ। नयाँ संसारको वास्तविकतालाई जोड दिनु नै चीन र अमेरिकाबीचको सम्बन्धको समाधान गर्ने एउटै मात्र छनौट हो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read