Tue. May 26th, 2026

विश्वव्यापी लगानीका लागि चीन अझै पनि आकर्षक केन्द्र

       

काठमाडौं, २०७७ साउन ६ गते मंगलबार

कोभिड-१९ महामारीको प्रभावका कारण हाल अन्तर्राष्ट्रिय लगानीमा मन्दी छाएको छ। राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनको प्रक्षेपण अनुसार, सन् २०२०/२१ मा विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी ३०-४० प्रतिशत घट्ने सम्भावना छ। तर यसै दोस्रो त्रैमासिकमा चीनमा विदेशी पूँजीको वास्तविक प्रयोग गत वर्षको सोही अवधिको तुलनामा ८.४प्रतिशतले बढेको छ। जसबाट हेर्दा दीर्घकालदेखि चीनको विश्वव्यापी लगानी गन्तव्यको हैसियतमा कुनै परिवर्तन छैन। कोभिड-१९ महामारीको प्रभाव अस्थायी हो।

अन्तर्राष्ट्रिय लगानी महामारी लगायत अल्पकालीन कारक तत्वबाट प्रभावित भए तापनि लगानी गन्तव्यको बजारगत वातावरण तथा दीर्घकालीन संभावना अझ महत्वपूर्ण छ। विश्वव्यापी लगानीका लागि चीन अझै पनि आकर्षक केन्द्र भएका कारण आर्थिक आधार दृढ, व्यापारिक वातावरणको सुधार र खुलापनको विस्तार नीतिसँग प्रत्यक्ष सम्बन्धित रहेको छ।

चीनमा ठूलो बजार, पूरा तथा कुशल उद्योग श्रृंखला, सुधारिएको आधारभूत प्रबन्ध र उच्च प्राविधिक जनशक्ति लगायत कारणले चीनको आर्थिक आधार सुदृढ भएको छ। यो चीनले विदेशी लगानी आकर्षण गर्ने कडा शक्ति र आर्थिक वृद्धिको आधार हो।

त्यसबाहेक चीनको नरम शक्ति पनि क्रमशः बढ्दैआएको छ। गत अक्टोबर विश्व बैंकबाट प्रकाशित “विश्वव्यापी व्यापारिक वातावरण प्रतिवेदन २०२०”मा चिनियाँ व्यापारिक वातावरणको सूचकांक विश्वको ३१औं स्थानमा परेको छ। सन् २०१८को तुलनामा १५स्थान माथि उकासिएको थियो। जुलाई २१ तारिख चीन सरकारले व्यापारिक वातावरणलाई अझ खुकुलो पारेर बजारलाई अझ राम्रो सेवा दिन अनुरोध गरेको छ। जसले विदेशी पूँजी वा विदेशी व्यापार व्यवसायका लागि लगानी तथा सञ्चालनको सीमालाई अझ कम पारेको छ।

अझ उच्चस्तरीय खुलापन चीनले लगानीका लागि अझै पनि आकर्षक केन्द्रलाई कायम राख्ने अर्को केन्द्रिय कारक तत्व हो।

हाल कोभिड-१९ महामारी विश्वव्यापी रूपमा फैलिंदैछ। उत्तरार्ध वर्षमा चीनका सामु पनि गम्भीर चुनौती तथा दबाव देखा परेको छ। अस्थायी तथा अनिश्चित कारक तत्व पनि बढ्दैछ। चीनले बाहिरी जोखिमको सामना गर्न दीर्घकालीन योजना तयार गरिसकेको छ। चीनसँग जोखिमबाट मौका परिवर्तनको विश्वास र क्षमता रहेको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read