Wed. May 8th, 2024

हङकङ मामिलामा बेलायतको हस्तक्षेपको चीनद्वारा कडा विरोध

काठमाडौं, २०७७ साउन ६ गते मंगलबार

चीनको गम्भीर अडान तथा बारम्बार सम्पर्कका बावजुद बेलायतले अन्तर्राष्ट्रिय कानून तथा सम्बन्धका आधारभूत मापदण्ड विपरीत चीनको आन्तरिक मामिलामा क्रूर हस्तक्षेप गर्दै हङकङ सुरक्षा ऐनको कार्यान्वयनमा समस्या बढाउन खोजिरहेकोमा चीनले कडा निन्दा र दृढ विरोध व्यक्त गरेको छ। उक्त कुरा बेलायतका लागि चिनियाँ राजदूतावासका प्रवक्ताले जुलाई २० तारिख जनाएका हुन्।

प्राप्त समाचार अनुसार, बेलायती विदेश मन्त्री डोमिनिक राबले तल्लो सदनमा २० तारिख सार्वजनिक गर्नुभएको छ कि बेलायतले हङकङसँगको सुपुर्दगी सन्धिलाई तुरून्तै असीमित रूपमा स्थगित गर्ने छ साथै हङकङलाई सम्बद्ध हतियार निर्यात गर्न निषेध गर्नेछ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चिनियाँ राजदूतावासका प्रवक्ताले बेलायतले तुरून्तै हङकङ मामिला लगायत चिनियाँ आन्तरिक मामिलामा हस्ताक्षेप गर्न बन्द गर्नुपर्ने चीनले ताकिता गरेको बताए।

Facebook Comments