Sat. Oct 26th, 2024

कोप-२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार काठमाडौँमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाण्डू, २०८१ कात्तिक १० गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप-२९ सम्मेलनमा सशक्त रुपमा आवाज उठाउने बताउनुभयो ।

राससका अनुसार  वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप-२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप-९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताउनुभयो ।

Facebook Comments