Fri. Apr 26th, 2024

चीनमा डिजिटल अर्थव्यवस्था तीब्र विकास

काठमाडौं, २०७७ साउन १ गते बिहीबार

यस वर्ष महामारी फैलिएयता चीनको डिजिटल अर्थव्यवस्थाको नयाँ मोड विकासको जैविक शक्ति देखिएको छ भने विभिन्न उद्योगका विभिन्न क्षेत्रमा डिजिटल अर्थव्यवस्थाको रूप फेरिएको छ।

जुलाई १५ तारिख चीनका १३ वटा विभागले मिलेर एक प्रस्ताव प्रकाशित गरी नयाँ मोडको स्वास्थ्य विकासको समर्थन गरेर उपभोग्य बजार र रोजगारी बढाउने निर्यण गरेका छन्। अनलाइन शिक्षक, इन्टर्नेट चिकित्सा, अनलाइन अफिस, नयाँ प्रविधिमा आधारित मानवरहित अर्थव्यवस्था समेत प्रस्तावमा उठाइएका नयाँ मोडमा समावेश छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार यसबाहेक महामारी अवधिमा निकै चर्चित देखिने गृह अर्थव्यवस्था र अनलाइन प्रत्यक्ष प्रसारण पनि समावेश छन्। प्रस्तावका अनुसार, विविध सामाजिक र छोटो भिडियो प्लेटफर्मको व्यवस्थित विकासको समर्थन दिइन्छ, माइक्रो नवीन सिर्जना, माइक्रो एप, माइक्रो उत्पादित वस्तु, माइक्रो चलचित्रलगायत सर्वसाधारणको नवीन सिर्जनालाई प्रोत्साहन गर्छ, गृह अर्थव्यवस्थाको उचित विकास गरी अनलाइन प्रत्यक्ष प्रसारणलगायत नयाँ मोडको सेवाको स्वास्थ्य विकासलाई बढाउँछ।

Facebook Comments