Wed. Jul 29th, 2026

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो   

       

काठमाण्डू, २०८१ कार्तिक १ गते बिहीबार । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

Facebook Comments