Thu. May 9th, 2024

सङ्खुवासभामा सात घर पहिरोले बगायो, ११ जना बेपत्ता

काठमाडौं, २०७७ असार २८ गते आईतबार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।
अविरल वर्षापछि गएराति गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको फोन सम्पर्कमा बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments