झोराहाटमा धन लक्ष्मी यशोदा वाङ्मय पुरस्कारको घोषणा
विराटनगर, २०७७ असार २७ गते शनिबार
मोरङ जिल्लाको झोराहाटमा धन लक्ष्मी यशोदा वाङ्मय पुरस्कारको घोषणा गरिएको छ ।
स्थानीय यशोदा खतिवडाको वार्षिक पुण्य तिथीको अवसरमा साहित्यिक व्यक्तित्व समेतको उपस्थिति मा सो पुरस्कारको घोषणा गरिएको छ । स्थानीय विदुर खतिवडाका अनुसार हाललाई उहाँका हजुरबुबा धनपति खतिवडा हजुरआमाहरु लक्ष्मी र यशोदा खतिवडा को नाममा ५ लाखको एक अक्षय कोष को स्थापना गरी बर्सेनि साहित्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनुहुने श्रष्टालाई पुरस्कार तथा सम्मान गरिने योजना रहेको छ ।
जिल्लाबासी श्रष्टाहरुले पुर्खाहरुको नाममा स्थापना गर्न लागिएको पुरस्कारको घोषणालाई महत्वपूर्ण कदम भनि प्रसंसा गरेका छन् ।
Facebook Comments