Fri. Sep 20th, 2024

चीन र भारतका सीमा फौज बीच पहिलो लाइनको सम्पर्क विच्छेद

काठमाडौं, २०७७ असार २५ गते बिहीबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले ९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा हाल चीन र भारत दुवै देशका सीमा फौज बीच गलवान उपत्यका आदि ठाउँमा रहेका पहिलो लाइनको सम्पर्कलाई विच्छेद गरिएको जानकारी दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, पहिलो लाइनको सम्पर्कलाई विच्छेद गरिएपछि दुवै पक्षले संयुक्त रुपमा छानबीन र निरीक्षण गर्दै सेना फिर्ता प्रक्रियालाई व्यवहारमा उतार्ने कुराको मूल्याङ्कन गर्नेछन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  भारतले चीनसँग एउटै दिशातर्फ अघि बढ्नुका साथै वास्तविक कारवाईमार्फत दुवै पक्षबीच सम्पन्न विभिन्न मतैक्यलाई व्यवहारमा उतारेर संयुक्त रुपमा सीमा क्षेत्रको परिस्थितिलाई शिथिल पार्नसक्ने आशा पनि प्रवक्ता चाउले व्यक्त गर्नुभएको छ।

Facebook Comments