Fri. Apr 19th, 2024

लद्दाखबाट पछि हटे चिनियाँ र भारतीय सेना

काठमाडौं, २०७७ असार २२ गते सोमबार

भारत र चीनका सेनाहरु झडप भएको सीमा क्षेत्र गलवानबाट पछि हट्न थालेका छन् । २० जनाको ज्यान जाने गरी झडप भएको एक महिनापछि दुबै देशका सेना लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा क्षेत्रबाट फिर्ता भएका हुन् ।

फौजका कमाण्डर तहको वार्ताको पाँच दिनपछि सेना फिर्ता भएका हुन् । सम्झौता अनुसार दुबै देशले जुलाइ ५ सम्म सेना फिर्ता गनुपर्ने समति भएको थियो । भारतीय मिडियाका अनुसार जुलाइ ५ को साँझदेखि नै सेना फिर्ता गर्ने काम सुरु भएको हो । साथै अब छिट्टै त्यस क्षेत्र खाली गर्ने तयारी भएको बताइएको छ ।

सोमबार केही सवारी साधन सीमा क्षेत्रमा सिपाहीहरुलाई लिन पुगेका छन् । गत महिना गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही आइतबार सीमा क्षेत्रमा वस्तुस्थिति बुझ्न पुगेका थिए । लामो रस्साकस्सीपछि दुबै देशका सेना झडप भएको सीमा क्षेत्रबाट पछि हटेका हुन् । अन्नपूर्ण पोेष्ट दैनिक अनलाईनबाट

Facebook Comments