Fri. Apr 19th, 2024

भारतमा चीन विरोधी कदम आत्मरतिमा केन्द्रित

काठमाडौं, २०७७ असार २१ गते आईतबार

गलवान उपत्यकामा चीनसँग संघर्ष गरेपछि भारतले अनेन चीनविरोधी कदम प्रस्तुत गरेको छ। त्यसमा करिब ५० वटा चिनियाँ मोबाइल एपलाई निषेध, भारतीय मार्गको निर्माणमा चिनियाँ व्यवसायको सहभागी निषेध आदि छन्।

भारतीय भन्सारमा चीन आयातित सामानको सीमा शुल्क निकासीमा पनि बाधा दिइएको छ। भारतीय विद्युत मन्त्री आरके सिंहले विभिन्न राज्यलाई चीन र पाकिस्तानबाट कुनै सामान पनि आयात नगर्न निर्देशन दिनुभएको छ।

तर भारतीय इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स निर्माता संघबाट प्रकाशित तथ्याङ्क अनुसार, सन् २०१८/१९ मा विद्युतीय उत्पादनको कुल आयात ७ खर्ब १० अर्ब रूपैया हुनुका साथै त्यसमध्ये २ खर्ब १० अर्ब रूपैया चीनबाट आयातित भएको छ।

रायटरको जानकारीअनुसार, भारतले दीर्घकालमा चिनियाँ उपकरणद्वारा विद्युत उत्पादन र प्रसारण गरेर सर्वसाधारणबाट किफायती मूल्यले विद्युतको आपूर्ति गरेको छ। यद्यपि यो नयाँ नियमले केही भारतीय व्यवसाय लाभावित भए पनि दीर्घकालबाट हेर्दा भारतमा विजुलीको मूल्य बढ्ने सम्भावना छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार भारतीय एक्सप्रेसले चिनियाँ मोबाइल एपको निषेधबाट सामाजिक सञ्जालमा रहेका भारतीय निर्माताले मात्रै आयको स्रोत गुमाएका छन्। साथै हजारौं बेरोजगार हुने संभावना रहनेछ।

न्यूयोर्क टाइम्सले लगानीय कम्पनी लाइटस्पेड भारतका साझेदार देव खरेको टिप्पणीलाई उद्धृत गर्दै भारतले चिनियाँ मोबाइल एपको निषेध गर्ने कदम जनवाद र आत्म-सान्त्वना भएको जानकारी दिएको छ।

भारतका सामु महामारी, सलह प्लेग आदि समस्या देखा परेका हुनाले भारत सरकारको चीन तथा पाकिस्तानविरोधी गतिविधि गरेर सार्वजनिक ध्यान मोड्ने तरिका अवलम्बन गरेको विश्लेषण बीबीसीले सार्वजनिक गरेको छ।

इन्डिया टाइम्सका अनुसार, डिजिटल प्रविधिका केही विद्वानहरूले चिनियाँ मोबाइल एपको निषेधलाई कार्यान्वयन गर्न ज्यादै गाह्रो भएको विचार व्यक्त गरेका छन्।

चीनले भारतीय उत्पादित सामान तथा सेवाप्रति कुनै प्रतिबन्धात्मक र भेदभावपूर्ण कदम चालेको छैन। भारतको कदमले विश्व व्यापार संगठन डब्लुटीओको नियम तथा भारतको बचनवद्धताकै उल्लंघन गरेको छ। भारतले चीन तथा चिनियाँ व्यवसायमाथि भेदभावपूर्ण कदमलाई तुरून्तै रोक्ने आशा चीनले गरेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले जुलाई २ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

Facebook Comments