Sat. Mar 15th, 2025 12:22:21

भारतमा उत्पादित सामान तथा सेवाप्रति चीनले कुनै प्रतिबन्धात्मक र भेदभावपूर्ण कदम चालेको छैन

काठमाडौं, २०७७ असार १८ गते बिहीबार

चीनले भारतमा उत्पादित सामान तथा सेवाप्रति कुनै प्रतिबन्धात्मक र भेदभावपूर्ण कदम नचालेको बताएको छ। भारतको कदमले विश्व व्यापार संगठन डब्लुटीओको नियम तथा भारतको बचनवद्धताकै उल्लंघन गरेको चीनको भनाई छ। भारतले चीन तथा चिनियाँ व्यवसायमाथि भेदभावपूर्ण कदमलाई तुरून्तै रोक्ने आशा चीनले गरेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले जुलाई २ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीन र भारतको आर्थिक तथा व्यापारिक सहयोगबाट हासिल गरिएको उपलब्धि दुई सरकार र दुई देशका व्यवसायको साझा प्रयासको नतिजा हो। यो दुई देशका जनताको मुल लाभसँग अनुकुल छ।

Facebook Comments