Tue. Jul 28th, 2026

हंगकंगसम्बन्धी राष्ट्रिय सुरक्षा कानुन हंगकंगका विपक्षीलाई शत्रु बनाउन निर्माण गरिएको होइन

       

काठमाडौं, २०७७ असार १७ गते बुधबार

चीनले हंगकंगसम्बन्धी राष्ट्रिय सुरक्षा कानुन हंगकंगका विपक्षीलाई शत्रु बनाउन निर्माण गरिएको होइन भनेको छ ।

चिनियाँ राज्य परिषद्अन्तर्गत हंगकंग तथा मकाउ कार्यालयका उपप्रमुख चाङ स्याउमिङले चीनले हंगकंगसम्बन्धी राष्ट्रिय रक्षा कानुनको निर्माण गर्ने उद्देश्य राष्ट्रिय सुरक्षामाथि गम्भीर क्षति पुर्‍याउने केही अपराधीमाथि प्रहार गर्नु तर हंगकंगको विपक्षी वा पान लोकतान्त्रिक पक्षलाई शत्रु बनाउनु होइन। राजधानी पैचिंगमा बुधबार बोल्दै उहाँले सो कुरो बताउनु भएको हो ।

उपप्रमुख चाङका अनुसार, हंगकंगसम्बन्धी राष्ट्रिय सुरक्षा कानुनको लक्ष्य राष्ट्रिय सुरक्षाको संरक्षण गरेर हंगकंगको शान्ति तथा एक देश दुई व्यवस्थापनको प्रत्याभूति गर्नु हो। हंगकंग बहुसमाज हुनुका साथै राजनीतिमा पनि विविधता छ। विपक्ष दीर्घकालमा रहनुका साथै सरकारविरोधी धारणालगायत फरक राजनीतिक धारणा पनि लिनु हो। तर एक देश न्युनतम रेखा र दुई व्यवस्थापन सीमा हो। पूँजीवादी समाजमा पनि पूँजीवादी समाजको राजनीतिक नियम छ। सबैले नियमको पालना गर्नुपर्छ र न्युनतम रेखाको उल्लङ‍घन गर्नुहुँदैन भनि चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईले समाचार लेखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read