Sun. Sep 22nd, 2024

शिक्षा ज्योति आधारभूत विद्यालयलको ३२औँ वार्षिर्क उत्सव कार्यक्रम सम्पन्न (फोटो फिचर)

महेश भट्टराई/ हर्दिला,२०८१ असोज ५ गते शनिबार । भोजपुर जिल्लाको आमचोक गाउँपालिका वडा नम्बर-७ हर्दिलामा अवस्थित शिक्षा ज्योति आधारभूत विद्यालयले आज ३२औँ वार्षिर्क उत्सव मनाउनुका साथै नवनिर्मित विद्यालयको भवन उद्घाटन समारोह सम्पन्न गरेको छ ।

 

विद्यालयको ३२ औँ वार्षिर्क उत्सव साथै नयाँ निर्मित भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष असोक कुमार राईले गर्नुभयो । कुल ५५ लाख भन्दा बढी लागतमा निर्माण भएको पक्की एक तले भवनमा सुविधा सम्पन्न ६ वटा कोठाहरू रहेका छन् । यस विद्यालयमा अहिले जम्मा ६५ जना विद्यार्थी अध्यनन गरिरहेका विद्यालयका प्रधानध्यापक प्रबिण मगरले  बताउनुभयो ।

 

विद्यालयको वार्षिर्क उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई अन्तर विद्यालय हिसाब दौड, अभिभावकहरूलाई भित्रबाहिर म्युजिकल चियर खेलका साथै अतिरिक्त खेल खेलाएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेस राईलाई सम्मान समेत गरिएकको स्थानीय बासिन्दा लक्ष्मण हायुले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष असोक कुमार राई, वडा नम्बर-७ का वडाअध्यक्ष नवीन कुमार राई, विद्यार्थी , अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments