Mon. Dec 23rd, 2024

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित   

गण्डकी, २०८१ भदौ ३१ गते सोमबार । सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा ६७ जना दीक्षित भएका छन् ।

४७ हप्तासम्म सञ्चालित तालिमबाट दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विशेष समारोहका बीच शपथग्रहण गराउनुुभएको थियो ।

महानिरीक्षक अर्यालले इमान्दारिता, जिम्मेवारिता र कर्तव्यनिष्ठताका साथ तालिममा हासिल गरेको ज्ञानलाई राष्ट्र र जनताको सुरक्षामा लगाउन आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलले शान्ति सुरक्षासँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतमा कुशलतापूर्वक आफ्नो जिम्मेवारितालाई निर्वाह गरिरहेको उहाँले बताउनुुभयो ।

आफ्ना कुशल, इमानदार, सीप र क्षमतावान् सन्ततीलाई मुलुकप्रति समर्पण गरेको भन्दै उहाँले अभिभावकप्रति आभार व्यक्त गर्नुुभयो । सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिमका सिकाइलाई कर्तव्य परायणता एवं बफादारिताका साथ व्यवहारमा उतार्न आग्रह गर्नुुभयो ।

तालिम शिक्षालयका समादेशक एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले आधारभूत तालिमको प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो । रासस

Facebook Comments