Fri. May 17th, 2024

नागरिकता संशोधन विधेयकको विरोधमा वीरगन्जमा प्रदर्शन

बीरगञ्ज, २०७७ असार ९ गते मंगलबार

नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनता समाजवादी पार्टीले मङगलबार वीरगन्जमा प्रदर्शन गरेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महलिालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने गरि नागरिकता ऐन संधोशन गर्ने तयारी भइरहेकोमा त्यसको विरोधमा जसपाले वीरगन्जमा प्रदर्शन गरेको हो ।

घण्टाघर चोकमा मङगलबार अपराह्न भएको प्रदर्शनमा जसपाका नेता कार्यकर्ताले नागरिकता ऐन संधोशन विधेयक र सरकारको विरोधमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले नागरिक ऐन संशोधन विधेयक फिर्ता ले, भारतबीचको सम्बन्ध बिगार्न पाइँदैन, केपी ओली सरकार मुर्दावाद , कोरोनामा खर्च गरिएको १० अर्ब खोइ जस्ता नारा लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै तत्कालीन समााजवादी पार्टीका जिल्ला अध्यक्षसमेत रहेका जसपा नेता रामनरेशप्रसाद यादवले सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयक मधेस विरोधी रहेको बताए । यो विधेयकले नेपाल भारतबीचको सदियौंदेखिको सामाजिक र सांस्कृति सम्बन्धलाई तोड्ने भएकाले मधेसी जनताले यसलाई कदापी स्वीकार नगर्ने पनि उनले बताए ।

‘कम्युनिष्ट सरकारले पटकपटक मधेसीलाई बिच्काउने काम गरिरहेको छ’, यादवले भने, ‘हामी सरकारलाई बेलैमा सचेत बन्न आग्रह गर्छौं, अन्यथा सरकारको यो मधेस विरोधी विधेयकविरुद्ध मधेसमा आगो बाल्छौँ ।’ उनले मङगलबार सांकेतिक विरोध मात्रै गरेको भन्दै बुधबार पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए ।

प्रदर्शनमा जसपाका नेताहरु राजेशमान सिंह , शशीकपुर मिया, सुन्दर कुर्मी, तबरेज अहमद, ओमप्रकाश सर्राफ, रेखा साह, मुन्नि श्रीवास्तव, मालती कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

पोखरीयामा पनि प्रदर्शन

नागरिकता ऐन संशोधन विधेयक खारेजको माग गर्दै पर्साको पोखरियामा पनि जनता समाजबादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पोखरीयामा मङगलबार भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जसपाका नेता निजामु्दिन समानीले नागरिकता ऐन संशोधन विधेयकले मधेस र मधेसी प्रतिको विभेद तथा दमनलाई उजागर गरेको बताए ।

महिलाप्रतिको लैङ्गिक भिन्नता र समानताको सवाललाई खिल्ली उडाउने काम भएको भन्दै उनले कोरोनाको विपत्तिका बेला केपि ओलि सरकारले विभिन्न बहाना र खोकोलो राष्ट्रवाद देखाउन तथा मधेस र पहाडबीच दुरि बढाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

जसपाका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव र राजनरायन पटेलको नेतृत्वमा भएको विरोध कार्यक्रममा नगर समिति अध्यक्ष राजु साह तेलि, गोवर्द्धन यादव, नेता खलिल मिया, युवा नेता सलमा खातुन, नन्दलाल प्रसाद, भगवान दास तत्वा, भिखारी देवान रसिद मिया , शीवकुमार साह लगायतको सहभागिता रहेको थियो । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments